
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेशको कमाण्ड समाल्न अशोक सिंह आएका छन्। यो संगै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजीको सरुवा भएको छ।

सुदूरपश्चिम प्रदेशको कमाण्ड अब प्रहरी नायव महानिरीक्षक (डिआइजी) सिंहले समाल्नेछन्। सिंह यसअघि केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यरत थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक भोलाबहादुर रावलको नेपाल प्रहरी प्रदेश महेन्द्रनगर कञ्चनपुरमा दरबन्दी थियो। उनी पनि नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल, काठमाण्डौँ काज सरुवा भएका छन्।
