Skin_Hospital_Dhn

वैदेशिक रोजगारबाट फर्केका युवाहरू सङ्ग अन्तरक्रिया एवं अभिमुखीकरण

धनगढी । धनगढीमा वैदेशिक रोजगारबाट फर्केका युवाहरू सङ्ग अन्तरक्रिया एवं अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्ले विदेशबाट फर्किएका युवाहरूको सिपलाई कसरी प्रयोग गर्न सकिन्छ र उनीहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उद्देशले उक्त अन्तरक्रिया गरेको हो ।

विदेश बाट फर्किएका २०० बढी युवाहरूको सहभागिता रहेको कार्यक्रममा सबैले आफू विदेशमा काम गर्दा सिकेको सीप तथा कामहरूको अनुभव आदानप्रदान एवं साटासाट गरेका थिए। विदेशमा रहँदाको सिकाई र भोगाइ बेग्लै हुँनेहुदा स्वदेशमा त्यस किसिमको माहौल र सुविधा नभएकाले विदेशकै जस्तो व्यवसाय गर्न नपाएर अधिकांश कृषि पेसामा लागेको युवाहरूले बताएका छन् ।

सर्वप्रथम आफूले सुरु गर्न लागेको व्यवसायको अध्ययन र अनुसन्धान गरेर मात्रै अघि बढ्नु पर्ने उनीहरुले बताए । सरकारले दिने गरेको अनुदान वास्तविक व्यक्तिले नपाएर पहुँच बालाहरू ले मात्रै पाउने गरेको गुनासो समेत पोखेका थिए। बिदेशबाट आएर आफूहरूले व्यवसाय सुरु गरे पनि खुला सिमानाका कारण बिचौलिया हरूको बिगबिकिले मारमा परेको उनीहरुले बताए ।

कतिपय युवाहरूले सुरु गरेको व्यवसायमा पुनः थप लगानी गर्न गार्‍हो भएको अनुभव पोखेका छन् ।जसका लागि प्रदेश सरकारले समान व्यवसाय भएका हरूलाई एक ठाउँमा जोड्ने पुलको काम गरे पनि धेरै सहज हुने कुरा सम्झाए । १८-२० वर्ष प्रवासमा बसेका एक युवाले अस्थायी संरचना( स्काई फोल्डिङ्ग )खडा गर्ने कम्पनीमा सुपरभाइजरको काम गरेको अनुभव सुनाए । उनले भने ‘मैले नेपाल फर्केर सोही व्यवसाय गर्न खोजेको तर यहाँ बजार पनि पाएन र सिपको कदर पनि छैन, अब म कहाँ जाने रु त्यसैले मैले होटेल व्यवसाय सुरु गरे यसमा पनि अनेक चुनौती छन् , बजार व्यवस्थापन, बैङ्कले लगानी नदिने देखि लिएर सुरक्षा सम्म त्यसैले पनि युवाहरू फेरि फर्केर विदेश नै जान्छन् ‘।

बिसौँ वर्ष विदेशमा काम गरेको अनुभव भए पनि स्वदेशमा आएर फेरि शून्य बाट काम सुरु गर्नुपर्ने युवाहरुको गुनासो थियो। यस्ता युवाहरूलाई प्रदेश सरकारले पुन व्यवस्थापन गर्न छुट्टै बजेट छुट्टाएर कार्यान्वयन गर्नु पर्ने माग राखेका छन् ।

१० वर्ष कोरिया बसेर आएपछि आफूले कापी उद्योग सञ्चालन गरिरहेको र जसमा पनि कठिनाइ भएको एक व्यवसीले बताए ।बौडर एरिया नजिक भएर क्यारिङ्गका नाममा कालोबजारी रहेकाले आफूहरू पिर मार्का रहेको उनले दुखेसो पोखेका छन् । ‘बाहिर बसेर गरेको काम नेपालमा काम लाग्दैन किनभने त्यहाँ छुट्टै टेक्नोलोजी छ,यहाँ त्यति ठुला उद्योग छैनन् ,इन्जिन छैनन् त्यसैले यहाँ त्यताको सिपको कामै छैन’ उनीहरूले भने ।

यो सँगै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले विदेशबाट फर्किएका युवाहरू सङ्ग सहकार्य गरेर उनीहरूले दिएका सुझाव प्रदेश सरकार सामु लिपिबद्ध गरेर अगामी बजेटमा छलफल गरेर समावेश गर्ने आश्वासन दिएका छन् । ‘सकभर युवाहरू विदेश नै जान नपरोस् गए पनि स्वदेशमै सिप सिकेर जाने वातावरण सृजना गर्नेछौ ,जसले गर्दा विदेश गए पनि कामका हिसाबले उनीहरूले दुःख नपाउन’ उनले भने ।

Loading...