Skin_Hospital_Dhn

बझाङमा जीप दुर्घटना, चालक घाइते

बझाङः बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको बुंगल नगरपालिका–२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा जीप दुर्घटना भएको हो । उक्त जीप दुर्घटनामा चालक हर्क बहादुर बोहरा घाइते भएका छन् ।

से १ ज७९४ नम्बरको जीप ब्याक गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बुंगल नगरपालिका–१ गोइचन बस्ने हर्क बहादुर बोहरा घाइते भएका हुन् ।

बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते बोहराको अवस्था मध्यम रहेको छ । आज बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाइएको बताइएको छ ।

सम्बन्धित
Loading...