Skin_Hospital_Dhn

नेप्से परिसूचक आज ३५.३९ अंकले बढ्यो, कति भयो कारोबार ?

काठमाडौँः शेयर कारोबार मापक नेप्से परिसूचक आज ३५.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९३ अंकले उकालो लागेर ४.६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ ।

कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

सोल्टी होटल रू चौबीस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक रू सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धन वृद्धि योजना ३.८२, नेरुडे लघुवित्त ३.६५, माथिल्लो मैलुङ ३.६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३.४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.३९ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित
Loading...