Skin_Hospital_Dhn

काठमाडौं महानगरले सिगास गाउँपालिकालाई एम्बुलेन्स दिने

बैतडीः काठमाडौं महानगरपालिकाले बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सिगास गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने जनाएको हो ।

महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनोट भएकाले महानगरपालिकाले जनाएको छ।

सिगास गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउनसमेत महानगरको पत्रमा उल्लेख गरिएको छ। काठमाडौं महानगरले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा देशका दुर्गम पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरका थियो।

सम्बन्धित
Loading...