
धनगढीः कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन भइरहेको सुदुरपश्चिम महोत्सव बिहीवार सम्पन्न भएको छ । मंसिर २२ गतेबाट सुरु भएको महोत्सवको १७औँ संस्करण सुदुरपश्चिम महोत्सव २०८० हिजो (बिहीवार) सम्पन्न भएको हो ।

महोत्सवको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समापन गरेका हुन् । महोत्सव मंसिर २२ गते देखि पौष ५ गते सम्म सञ्चालन भएको थियो । महोत्सव सुरुमा पौष २ गते सम्म सञ्चालन गर्ने भनिएपनि दर्शकको उपस्थिति र मागलाई मध्यनजर गरेर पौष ५ गते सम्म लम्ब्याइएको थियो ।

महोत्सवमा आयोजक उद्योग वाणिज्य संघले १० करोड बराबरको कारोबार हुने आँकलन गरेको थियो । महोत्सवमा भएको कारोबारको बारेमा केहि दिनमै सार्वजनिक गर्ने उद्योग बाणिज्य संघले जनाएको छ ।
