
धनगढी: कैलालीको टीकापुरबाट अवैध प्याजसहित एकजना पक्राउ परेका छन्।प्रहरीले टीकापुर नगरपालिका–४ मौरनियाँबाट ४८ बोरा अवैध प्याज बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (शुक्रबार) बिहान ४८ बोरा प्याजसहित श्यामल सुर्ती ६० पोका, चकलेट ३ पेटी, बिडी २२० पोका, खोर्सानी ३ बोरा, पोलिथिन ३५ पोका बरामद गरेको छ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–४ मौरनियाँका २२ वर्षीय नेमिस चौधरी रहेका छन्। उनी आफैंले चलाएको भे २ स २३८८ नम्बरको अटोरिक्सासहित पक्राउ परेका हुन्। बरामद गरिएको सामानसहित चौधरिलाई अनुसन्धानका लागि सत्ति भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
