Skin_Hospital_Dhn

एनएसएल : धनगढी पोखरासंग बराबरी, झापालाई चितवनले हरायो

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको पहिलो खेलमा धनगढीले पोखरासंग बराबरी खेल्दै अंक बाडेको छ भने दोश्रो खेलमा चितवन एफसीसँग झापा एफसी २-० गोल अन्तरले पराजित भएको छ ।

धनगढी एफसी पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै प्लेअफमा छनोट भएको हो ।दशरथ रंगशालामा आज भएको पहिलो खेलमा मिलन राईको गोलमा अग्रता दिएको धनगढीले अग्रता कायम राख्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

शीर्ष स्थानको पोखरालाई हराउँदै धनगढीलाई पहिलो क्वालिफायरमा छनोट हुने अवसर थियो । तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

पोखरालाई हारबाट जोगाउन भने खेलको अन्तिम मिनेटमा मोसेस ग्याम्बाले हेडमार्फत गोल गरे । त्यस्तै, चितवन एफसीका रफिक अमिनुले २ गोल गरेपछि दशरथ रंगशालामा झापाले हार व्यहोरेको हो । यो खेल जितेको भए झापाको प्ले अफमा स्वत छनोट हुने थियो । जितले उसको दोस्रो हुने समीकरण समेत बन्ने थियो ।

तर यो हारले झापाको प्ले अफ संकटमा परेको छ । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमै कामय छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।

काठमाडौंले ललितपुर सिटीसित र वीरगञ्जले बुटवल लुम्बिनी एफसीसँग खेल्न बाँकी छ । यी खेलमा काठमाडौं र वीरगञ्ज दुवै पराजित भएमा मात्रै झापा चौथौ स्थानमै रहेर प्ले अफमा पुग्ने छ । चितवनलाई जिताउने क्रममा रफिकले ७ र ७७ औं मिनेटमा गोल गरेका थिए ।

झापाका अन्जन विष्टले ८२ औं मिनेटमा हानेको पेनाल्टी चितवनका किपर विशाल श्रेष्ठले बचाएका थिए । लिगमा शीर्ष स्थानको पोखराले १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको धनगढीले ८ खेलबाट १३ अंक जोड्यो । भने झापामाथिको जितले चितवनको ८ खेलबाट ९ अंक भयो तर उसको अन्तिम ४ मा पर्ने संभावना यसअघि नै सकिएको थियो ।

सम्बन्धित
Loading...