Skin_Hospital_Dhn

कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता

धनगढीः कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जिल्लाको कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका-१ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकाको वडा नं. ८ मा  उनीहरूको विवाह दर्ता भएको हो ।

समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको भने थिएन । पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मलिनाले शनिवार धनगढीमा खुसी व्यक्त गरिन् ।

‘हाम्रो विवाह भएको चार वर्ष भइसकेको थियो । थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ उनले भनिन् ‘गाउँपालिकामा हाम्रो विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ ।’

यो बिचमा परिवार र समाजबाट आफूहरूले धेरै समस्या झेलेको भए पनि अहिले दुवै परिवारले राम्रो व्यवहार गर्ने गरेको उनले बताइन् । उनले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई समाजमा खुल्न समेत गारो भइरहेको बेला समलिङ्गी विवाह दर्ता गर्ने कुरा ठुलो उपलब्धि रहेको बताए ।

महिनाका श्रीमान् प्रकाश चौधरीले पनि आफूहरूले ठुलो समस्या झेल्दै विवाह दर्ता सम्म पुगेको बताए । ‘हामीले यो बिचमा धेरै तिरस्कार सहनु पर्‍यो’ उनले भनिन् ‘अहिले सबैले बिस्तारै बुझ्दै जानु भएको छ हामी खुसी छौँ ।’

उनीहरूले समलिङ्गी विवाह पछि अब धर्म सन्ताका विषयमा पनि सहज गरिनु पर्ने बताएका थिए । विवाह दर्ता पनि अब कानुनी रूपमै आफूहरू पति पत्नी भएको भन्दै उनीहरूले पनि अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनु पर्ने बताएका थिए ।

निलहिरा समाजकी अध्यक्ष पिंकि गुरुङले समलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन् । उनले विभिन्न कारणबाट अहिले सम्म ७१ जनाले आत्महत्या गर्नु परेको तथ्याङ्क सुनाइन् । ती मध्ये अधिकांशलाई समाज र परिवारबाट सहयोग नमिलेको उनको भनाइ थियो ।

निलहिरा समाजकी अध्यक्ष सुदूरपश्चिम समाजकी अध्यक्ष लगायतले दम्पतीलाई बधाई तथा शुभकामना दिएका थिए ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सम्बन्धित
Loading...