
कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका १८ महाकाली प्रादेशिक अस्पतालको शव गृह नजिकबाट भिमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने १८ वर्षीय किशोर हिजो (शनिवार) साँझ पक्राउ परेका हुन् ।


किशोरको साथबाट १.२१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागूऔषध pregabalin Tablet-६ फेला पारि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
