
धनगढीः धनगढी उपमहानगरपालिकाले लागू गरेको जग्गा प्लटिङ कार्यविधि २०८० विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। धनगढी उपमहानगरपालिका तथा नगर प्रमुखलाई विपक्षी बनाएर कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार मुद्दा दायर गरेका हुन्।


साथै प्रतिवादी नगर प्रमुखलाई पुस ११ गतेका दिन पेशीसमेत पत्रमा तोकिएको छ। जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्ने कार्यविधिमा उल्लेख छ। सो कार्यविधिको विपक्षमा बहुसंख्यक वडा अध्यक्षसहित कार्यपालिका सदस्य उभिएका छन्।
कार्यपालिकामा निर्णय नगरीकनै नगर प्रमुख गोपाल हमालको एकल निर्णयबाट कार्यविधि राजपत्रमा प्रकाशित भएको उनीहरूको आरोप छ। तर मेयर हमालले नयाँ र व्यावसायिक प्रयोजनका सडकमा कित्ताकाट गर्दा मात्रै १० मिटरको मापदण्ड लागू हुने स्पष्ट पारेका छन्।
