Skin_Hospital_Dhn

डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-३ सकायलका ५१ वर्षीय मकरबहादुर शाहीको आइतवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

उनको आफ्नै घर नजिक रहेको साजको रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा रुखबाट खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भिर घाईते भएका उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

सम्बन्धित
Loading...