Skin_Hospital_Dhn

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

धनगढीः मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा आइतवार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हुलाकी सडक–खण्डमा सु.प.प्र. ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...