Skin_Hospital_Dhn

यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो, के होला दुर्घटनाको कारण ?

 

पोखरा । आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ।

 

 

सरकारले बनाएको ५ सदस्यीय जाँचबुझ समितिले मुख्यत ‘ब्ल्याक बक्स’को आधारमा दुर्घटनाको कारण पत्ता लगाउने छ। ब्ल्याक बक्समा जहाज उडानको सबै जानकारी रेकर्ड रहन्छ।

जहाजको पर्फमेन्स (उडान प्रस्तुती) र प्यारामिटरको (जहाज सञ्चालनको सिमा) विषयमा रेकर्ड हुन्छ। जसमा जहाजको एयरस्पिड, उचाई, भर्टिकल एक्सिलेरेसन र इन्जिनमा इन्धनको प्रवाह लगायतको जानकारी हुन्छ।

 

 

ब्यालक बक्समा मुख्यत २ वटा कम्पोनेन्ट हुन्छ। फ्लाईट डाटा रेकर्डर र ककपिटको भ्वाइस रेकर्ड हुन्छ। बक्समा पाइलट र विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलरबीचको कुराकानी रेकर्ड हुन्छ।

 

 

पाइलट र एटीसीबीचको रेकडिङ कम्तीमा २ घण्टासम्मको हुन्छ। फ्ल्याईट डाटा रेकर्ड भने २५ घण्टासम्मको हुन्छ।

सम्बन्धित
Loading...