Skin_Hospital_Dhn

देशभरको तापक्रम घट्नेक्रममा, चिसोबाट जोगिन मौसम विभागको अनुरोध

काठमाडौँः हाल देशभरको तापक्रम घट्नेक्रममा रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज दिउँसो र राति पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चिसो बढिरहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...