Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट गोदावरी नगरपालिका वडा नं. २ का १९ वर्षीय आरिक अन्सारी र वडा नं. ३ का २२ वर्षीय योगेन्द्र जोशी सोमवार दिउँसो पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ५२० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित
Loading...