

धनगढीः कैलालीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
