

धनगढी । सभामुख चयनमा तेस्रो पटक गर्ने लागेको मतदान प्रक्रिया फेरि मंगलबार पुगेको छ । सोमबारका लागि तय गरिएको प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो।
लगातार दुई पटकको मतदानमा पनि सभामुख चयन गर्न नसकेको सभामा सोमबार तेस्रो पटक पुनः मतदान गर्ने तालिका थियो। सोमबार राष्ट्रिय शोक परेकाले प्रदेशसभा बैठक सञ्चालन नगर्ने सर्वदलीय निर्णय भएको भन्दै मंगलबार पुनः मतदान गर्ने भन्दै बैठक स्थगित गरिएको छ । सोमबार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुग्नेछ।
