Skin_Hospital_Dhn

बाजुराको एक घरमा आगलागी

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।

घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो। घरमा आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको त्रिवेणी नगपालिका–५ किम्नीकी भरुदेवी बुढाले बताइन्।

घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरी टोली घटनास्थलमा गएर मुचुल्का गरिहरेकाले अहिले के कति क्षति भएको भन्ने कुरा जानकारी भएको छैन।

बुढाको घरमा आगलागी भएको थाहा हुनेवित्तिकै त्रिवेणी नगरपालिकाले खाद्यान्न लुगा कपडा भाँडालगायतको राहत सामग्री पीडित परिवारलाई दिनेगरी घटनास्थलमा टोली हिँडिसकेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय प्रमुख चिरञ्जीवी शाहले बताए।

उनका अनुसार आगोले बुढाको घरमा रहेको धन सम्पत्ति जलेर नष्ट भएको र त्यसको वास्तविक अनुगमन गर्ने गरी जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली त्यहाँ पुगेको छ।

सम्बन्धित
Loading...