
धनगढी: अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमा ‘न्यु इएर इभ २०२४’ आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका–४ धनगढीस्थित शहीद गेटमा रहेको सौंराइ स्क्वायरको आयोजनामा न्यु इएर इभ हुने भएको हो।

कार्यक्रम सौंराइ स्क्वायरमा ३१ डिसेम्बर अर्थात् पुस १५ गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने जनाइएको छ। कार्यक्रममा काठमाडौंबाट चर्चित डिजे श्रेया, चर्चित डान्सर मोडेल सदिच्छा चौधरी, शुसिला कार्की, कोपीला सिंह, नेहेल्जा चौधरी, गायक सनम परियार, किरन नेपाली साथमा नाइन एक्स डान्स एकेडेमीलगायतको प्रस्तुति रहनेछ।

