Skin_Hospital_Dhn

बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको १ वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गरेका छन्।पछिल्लो समय देशमा निराशाका स्वरहरु धेरै सुनिए पनि नेपाल ठूलो सम्भावनायुक्त देश भएको बताएका हुन्।

सम्भावनाको रुपमा उनले पछिल्लो समय भइरहेको विद्युतीयकरणलाई उदाहरणका रुपमा प्रस्तुत गरे। उनले भने, ‘दोस्रोपटक प्रम हुनुअघिसम्म १८ घण्टा लोडसेडिङ हुनु स्वाभाविक मानिन्थ्यो, आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ। १ वर्षमा बिजुली बेचेर १५ अर्ब २७ करोड आर्जन गर्ने अवस्थामा पुगेको छ।’

उनले ५ वर्षमा यो अवस्था आउने कल्पना पनि नगरिएको दाबी गरे। भारतमा बिजुली बिक्री सुरु भइसकेको र चाँडै बंगलादेशमा समेत बिजुली बिक्री गरिने उनको भनाइ छ।

उनले भने, ‘४० मेगावाटसम्म बिजुली निर्यात गर्न त्रिदेशीय सम्झौता हुँदै छ।’ चिलिमे केरुङ प्रसारणलाइन बन्दै गरेकाले पछि चीनमा पनि बिजुली निर्यात गर्ने उनले बताए। देशले ५ खर्बबराबरको बिजुली बेच्दा सम्पन्न बन्न सकिने सम्भावना रहेको उनले बताए।

सम्बन्धित
Loading...