Skin_Hospital_Dhn

कञ्चनपुरको क्यासिनोमा काम गर्ने झापाकी एक महिला मृत फेला

कञ्चनपुरः कञ्चनपुरको क्यासिनोमा काम गर्ने झापाकी एक महिला मृत फेला परेकी छिन् । जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत झापाको मेची नगरपालिका–६ की प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी हुन् ।

कञ्चनपुर प्रहरीका अनुसार हिजो (मंगलवार) राजवंशी आफ्नो कोठामा मृत फेला परेकी हुन् । उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Loading...