Skin_Hospital_Dhn

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौँ ।
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि सत्ता साझेदार दलको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो । ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका थिए।

उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताए। दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।

सम्बन्धित
Loading...