पाँचजना कोभिड १९ संक्रमित थपिए, २५ संक्रमित होम आइसोलेसनमा नयाँ सन्देश प्रकाशित मितिः २०७९ माघ २, सोमबार १९:०२ फाइल तस्विर काठमाडौं । बितेको २४ घण्टामा मुलुकभर पाँचजना कोभिड १९ संक्रमित थपिएका छन् । ९७२ नमुना परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको हो । आज (सोमबार) तीनजना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको २५ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।