

अछामः अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुँवर रहेका छन्।
मृगी रोगबाट पीडित घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका हुन्। घाइते कुँवरको उपचारकाक्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
