
काठमाडौँः नेपाल सुपर लिग (एनएसएल) मा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर हुदैछ । दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् ।


पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई हराउँदै फाइनल प्रवेशको सम्भावना सुरक्षित बनाएको थियो ।
यो खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।
एनएसएलको यो संस्करणको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । गत संस्करणमा विजेता बनेको काठमाडौँले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।
