
काठमाडौं ।
अहिले देशका पहाडी भु—भागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू—भागका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशका पहाडी भू—भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू—भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
