Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित कञ्चनपुरका एक जना समेत तिन जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित तिन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका ३ मोरीयाघाटबाट लम्किचुहा नगरपालिका १ भुरुवा बस्ने दिनेश चौधरी समेत दुई जना र गोदावरी नगरपालिका ३ चौकीडाडाँबाट कञ्चनपुर कृष्णपुर नगरपालिका ६ गजरौला बस्ने राजेश लुहार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मोरीयाघाटबाट भुरुवा बस्ने २२ वर्षीय दिनेश चौधरी समेत दुई जना ३.४० ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित हिजो (बुधवार) साँझतिर पक्राउ परेका हुन् ।

प्रहरी चौकी जनकपुर कैलाली र ससत्र प्रहरी बल बिओपी कुसुमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूले प्रयोग गरेको मोटरसाइकलको टुल बक्स भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, चौकीडाडाँबाट कृष्णपुर नगरपालिका ६ गजरौला बस्ने २६ वर्षीय राजेश लुहारलाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित हिजो (बुधवार) दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...