Skin_Hospital_Dhn

दार्चुलामा आगलागी हुँदा एक नवजात शिशुको मृत्यु

दार्चुला: दार्चुलामा आगलागी हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ३ होपरिगाड बस्ने रणवीर टमटाको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा टमटाको ४ महिनाको छोरा विजय प्रकाश टमटाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट घर भित्र रहेका खाद्यान्न, भाडा वर्तन, लत्ताकपडा लगायतका सामानहरू जली नष्ट भएको छ । उक्त आगलागी प्रहरीले र स्थानीयको सहयोगमा नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...