
कञ्चनपुरः कञ्नपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित २ नम्बर गल्लीबाट किशोरसहित दुई जना हिजो (बुधवार) साँझ पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जनालाइ लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाबाट हरिश भण्डारी लागुऔषधसहित हिजो (बुधवार) साँझ पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेशकार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाका २८ वर्षीय हरिश भण्डारीले आफ्नै घरमा सञ्चालन गरेको पसलबाट ३.४७ ग्राम लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
