Skin_Hospital_Dhn

डडेल्धुराको आलिताल–१ मा जंगली जनावरको चोरी–सिकारी !

कारबाही गर्ने वडाको चेतावनी

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ भित्रका वन जंगलहरूमा जनावरको चोरी–सिकारी हुने गरेको व्यापक जनगुनासो बढेको छ।

वडाभित्रका वन जंगलबाट कालिजलगायत विभिन्न जंगली जनावरहरूको अवैध चोरी–सिकारी र नदी तथा खोलाहरूमा करेन्ट र विषदी प्रयोग गरी अवैधरूपमा माछा मार्ने कार्य हुँदै आएको छ।

अवैध कार्य कार्य भइरहेको जनगुनासो बढेपछि बिहीबार आलिताल गाउँपालिका–१ वडा कार्यालय हर्तोलाले एक सूचना जारी गर्दै यस्ता कार्य गर्ने/गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। गाड्खेत प्रहरी चौकी चपरचानीलाई बोधार्थ राख्दै वडा कार्यालयले सूचना जारी गरेको हो।

अवैध कार्य भइरहेको भन्दै वडा कार्यालयमा पटक–पटक मौखिक तथा लिखित सूचना आएपछि वडाको क्षेत्रभित्र यस्ता अवैध कार्य नगर्न र नगराउन आग्रह गरिएको वडाध्यक्ष यज्ञबहादुर देउवाले बताए।

आगामी दिनमा यस्ता कार्य गर्ने गराउने गरेको पाइएमा नेपाल सरकारको वन ऐन बमोजिम कडाभन्दा कडा कारबाही हुने वडाध्यक्ष देउवाद्वारा जारी सूचनामा उल्लेख छ।

वडा कार्यालयले जारी गरेको सूचना–

सम्बन्धित
Loading...