

धनगढीः कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
