Skin_Hospital_Dhn

अछाममा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

अछामः अछाममा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित दर्शन एण्ड वसन्त लजमा हिजो (बिहिवार) जुवातास खेलिरहेका ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामारोशन गाउँपालिका–१ का लज सञ्चालक बमबहादुर साउँद, मंगलसेन नगरपालिका–५ का लक्ष्मण भाट, वडा नम्बर–६ का भवानीप्रसाद भण्डारी, ७ का खेमराज ढुंगाना, कमलबजार नगरपालिका–६ का प्रकाश शाही र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का तिर्थराज भट्ट रहेका छन् ।

उनीहरुलाई दुई गड्डी तास र १२ हजार ३२५ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सम्बन्धित
Loading...