Skin_Hospital_Dhn

२९ मत पाएसंगै तेस्रो प्रयासमा सभामुख बने माओवादीका भीमबहादुर

धनगढी ।
सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा तेस्रो पटकको प्रयासमा नेकपा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

सभामुख चयनका लागि मंगलबार भएको प्रदेशसभामा भएको निर्वाचनमा २९ जना सांसदको समर्थनमा भण्डारी सभामुखमा निर्वाचित भएका हुन् ।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मतमात्रै रह्यो ।

यसअघि दुईपल्ट भएको सभामुख निर्वाचनमा दुबै उम्मेदवारले बहुमत जुटाउन नसक्दा सभामुख चयन हुन सकेको थिएन ।

भण्डारीलाई माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ संसदले समर्थन गरेका थिए ।

मानबहादुर रावललाई कांग्रेसका १९ तथा समाजवादीका ४ सांसदले साथ दिने भनेपनि २० मत मात्र पाए ।

सम्बन्धित
Loading...