Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीले शपथ लिए, आज नै उपसभामुखका लागि निर्वाचन हुने तयारी

धनगढी ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन्।

भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन्।

आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ।

सम्बन्धित
Loading...