

बझाङः बझाङमा आज (आइतबार) बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ४५ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् । आज गएको भूकम्पको महसुस सुदूरपश्चिमका अन्य जिल्लामा पनि गरिएको छ ।
