
धनगढीः सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ पर्व मनाइँदै छ । सुदूरपश्चिमवासिले हरेक वर्ष पुस १५ गतेलाई विशेष महत्त्वका साथ मनाउछन् ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ । यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ।

सुदूरपश्चिममा पुस १५ को रातलाई ‘ठूली रात’को रुपमा मनाइन्छ । यो दिन गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने गर्दछन् । सुदूरपश्चिम प्रदेशमा आज ‘ठूली रात’ अर्थात् ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । पुसे प्रन्धमा गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन छ । यस्तै, तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ ।
गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने चलन समेत छ । तत्कालीन सभ्यताअनुसार लुगा नभएको हुँदा आगो तापेर पनि चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ । विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गर्ने गरिन्छ । सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने गरेको साहित्यकारहरु बताउँछन्।
