Skin_Hospital_Dhn

प्रहरीले बालकुमारी घटनामा पक्राउ परेका सबैजनालाई छाड्यो

काठमाडौंः बालकुमारी घटनामा पक्राउ परेका सबैजनालाई प्रहरीले छाडेको छ । प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको जानकारी दिए ।

शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो । शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिए ।

घटनामा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन् । उनीहरूको परिवारलाई सरकारले १०/१० लाख दिने निर्णय गरेको छ ।

घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ ।

सम्बन्धित
Loading...