
कैलाली ।
आज (मंगलबार) जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख वकिल बहादुर सिंहको काज सरुवा भएको छ ।

सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा काज खटाइएको हो । उनको ठाउँमा प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारी आउने भएका छन् ।

उनी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत थिए ।
आज (मंगलबार) प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।
