Skin_Hospital_Dhn

दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु

दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुँहु गाउँपालिका-२ रतुवा स्थित रोडमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर दुरी देवी बडालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रतुवा स्थित गोकुल बस्ने हरक सिंह बडालको ४० बर्षीया श्रीमती दुरी देवी बडाल घरदेखि २०० मिटर टाढा रोडमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको ढुङ्गाले उनको मुख र छातीमा चोट लागेको थियो ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याउदा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...