तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक—पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।

पीडितका परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो।

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो।

DHN_Aaglagi
सम्बन्धित
Loading...