Skin_Hospital_Dhn

सुदूरपश्चिम सरकारले वीरेन्द्र शाहका परिवारलाई २ लाख दिने

धनगढी: सुदूरपश्चिम सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई दुई लाख रुपियाँ दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपैयाँ राहत दिने बताएका छन्। शाहको हत्यामा संलग्नहरूलाई कारबाही मागसहित धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन भइरहँदा प्रदेश सरकारको यो घोषणा आएको हो।

प्रदर्शनकारीले शाहको शव अछाम ल्याउनुपर्ने, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषणको ग्यारेन्टी माग गरेका छन्।

सम्बन्धित
Loading...