Skin_Hospital_Dhn

कोइली देवी सुदूरपश्चिमको उपसभामुखमा निर्वाचित

धनगढी ।
एमालेकी कोइली देवी चौधरी सुदूरपश्चिम प्रदेशको उपसभामुखमा निर्वाचित भएकी छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए ।

चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन् । उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २३ मत पाएकी थिइन् ।

आजै बिहान माओवादी केन्द्रका भीम भण्डारी पनि सभामुखमा निर्वाचित भएका थिए ।

सम्बन्धित
Loading...