Skin_Hospital_Dhn

रात्रिकालीन बजारसहितको दशरथ भीम उद्यान निर्माण गर्न डिपीआर तयार

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको दशरथ भीम उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि धनगढी उपमहानगरपालिकाले डिपीआर तयार पारेको हो ।

धनगढी उपमहानगरपालिका–१ मा रहेको दशरथ भीम उद्यान (पार्क)लाई स्तरीय तथा आधुनिक निर्माण गर्न डिपीआर तयार भएको छ । उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्र्टाट अफ बिज्नेस्) गरेर आय आर्जन गर्न सक्ने छन् । धनगढीको भीम उद्यान निर्माणका लागि ३६ करोड बजेट आवश्यक पर्ने देखिएको छ । धनगढी उपमहानगरपालिका सङ्घीय सरकारको सहरी विकास कोष तथा नगर विकास कोषको ऋणमा उद्यान निर्माण गर्ने योजनामा छ । दुई वर्षमा उद्यान निर्माणको काम पूरा गर्ने दाबी उपमहानगरले गरेको छ । धनगढी उपमहानगरपालिका १७ वर्षमा सहरी विकास कोष र नगर विकास कोषको ऋण चुक्ता गर्ने योजनामा छ ।

दशरथ भीम उद्यानमा जेष्ठ नागरिक पार्क, बालबालिका पार्क, युवा पार्क, म्युजिक फाउन्टेन र लेजर सो हलसहित हुने छन् । उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने बताइएको छ ।

सम्बन्धित
Loading...