
काठमाडौँ ।
मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू—भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु—भागमा हुस्सु–कुहिरो लागेको छ र बांकी भु—भाग सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउसो देशको पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू—भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू—भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईका भू—भागहरूमा विहानीपख हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महासंघले आग्रह गरेको छ ।
