धनगढी । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले अत्यधिक मतले विजयी भएका छन्।
प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका हुन्।
नेकपा एमालेकी उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएकी छन्। लेखक पालबीचको मतान्तर १३ हजार बढी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन्।