Skin_Hospital_Dhn

आजबाट सभामुखका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं ।
आज (बुधबार)बाट संघीय संसद् प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । आज सभामुखको उम्मेदवारी दर्ता हुनेछ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यतालिका अनुसार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोलि बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन् ।

प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ । सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई अघि सार्ने तयारी गरेको छ ।

सम्बन्धित
Loading...