
धनगढीः कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ भवानी टोलबाट लागूऔषधसहित माधव भट्ट हिजो (मंगलवार) दिउँसो पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार भवानी टोलका ५० वर्षीय माधव भट्टको घर अगाडी रहेको खोका भित्र चेकजाँच गर्दा १ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भट्टलाइ पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
