Skin_Hospital_Dhn

मुख्यमन्त्री राजेन्द्र रावलले माघ ११ गते विश्वासको मत लिने

धनगढी ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले माघ ११ गते विश्वासको मत लिने भएका छन् । प्रदेशका मुख्यमन्त्रीमा नियुक्त रावलले ११ गते विश्वासको मत लिने भएका हुन ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था बमोजिम मुख्यमन्त्री रावलले ११ गते मत लिने छन् ।

सुदूरपश्चिम प्रदेशमा मङ्गलवार सभामुख र उपसभामुख पनि चयन भइसकेका छन् । सभामुखमा नेकपा माओवादीका भीमबहादुर भण्डारी र उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।

सम्बन्धित
Loading...