Skin_Hospital_Dhn

बैतडी जिल्ला अदालतका न्यायाधीश पनेरु उच्च अदालतमा नियुक्त

तडीः बैतडी जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुलाई उच्च अदालतमा नियुक्त गरिएको छ। न्यायपरिषद्ले पनेरुसहित उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो।

बुधवार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको जनाइएको छ।

पनेरुसँगै जिल्ला अदालतका न्यायाधीशबाट २७ जना उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। यस्तै बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवासमेत गरेको छ।

सम्बन्धित
Loading...